मतदाता नामावली संकलन पुनः सुरु,कात्तिक ३० गतेसम्म दर्ता गर्न सकिने

असोज ९, काठमाडौ ।  आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुरु भएको छ। निर्वाचन आयोगको निर्णयअनुसार यो प्रक्रिया २०८२ कात्तिक ३० गतेसम्म सञ्चालनमा रहनेछ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, यसअघि नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले अब बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म (सार्वजनिक विदा बाहेक) प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्नेछन्।

यसका लागि आयोगको वेबसाइट www.election.gov.np मा रहेको प्रि-रजिष्ट्रेशन प्रणाली (applyvr.election.gov.np) प्रयोग गरी आवेदन फाराम भरी सम्बन्धित कार्यालयमा जैविक (Biometric) विवरण उपलब्ध गराउनुपर्नेछ।

नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा नयाँ नाम दर्तासहित विवाह वा बसाइँसराइका कारण ठेगाना परिवर्तन गर्नुपर्ने, विवरणमा त्रुटि सच्याउनुपर्ने नागरिकले समेत आवश्यक सुधार गर्न सक्ने व्यवस्था मिलाइएको छ।

 

 

 

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा पत्रकार महासंघको ज्ञापनपत्र: सरकारी विज्ञापन नीतिको विरोध

    Read more

    मन्त्रिपरिषद्का तीन निर्णय: ऋण वार्ता, जग्गा फिर्ता, आईटी अध्ययन

    Read more