नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण गरे

असोज ६, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज चार जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

राष्ट्रपतिले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गरेका हुन्।अनिलकुमार सिन्हा – उद्योग, वाणिज्य, आपूर्ति, कानुन तथा न्याय, साथै भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय,डा. मदन परियार – कृषि मन्त्रालय,महावीर पुन – शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय,जगदीश खरेल – सञ्चार मन्त्रालय।

प्रधानमन्त्री कार्कीले मन्त्रीहरूको नियुक्ति र विभागीय जिम्मेवारी हस्तान्तरणले सरकारका नीति तथा विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेकी छिन्।

 

 

  • सम्बन्धित समाचारहरु

    अमेरिकी सैन्य सहयोग प्रस्तावबारे सरकारको उच्चस्तरीय छलफल, १०० मिलियन डलर सहयोगमा बहस तीव्र

    Read more

    एसइई नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक हुने तयारी

    Read more