असोज ६, काठमाडौ । – नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे शीतल निवासमा हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले सोमबार दिउँसो २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको हो।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्र र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेकी थिइन्।
तर संगीता कौशल मिश्राको नामावलीबारे प्रश्न उठेपछि उनको शपथ आजै हुने वा नहुने भन्ने विषय भने अझै निश्चित भएको छैन। शीतल निवास स्रोतका अनुसार अन्य चारजना मन्त्रीले भने तोकिएको समयमा शपथ लिने तयारी पूरा भएको छ।
शपथपश्चात् मन्त्रालय तोक्ने प्रक्रियाबारे प्रधानमन्त्री कार्यालयमा छलफल जारी रहेको बताइएको छ।



















