जेन–जी आन्दोलनका क्षतिबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन

असोज ५, काठमाडौ ।  जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देशभरि भएको मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले तीन सदस्यीय आयोग गठन गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

आयोगको नेतृत्व विशेष अदालतका पूर्वअध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने छन्। आयोगका अन्य सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी रहेका छन्।मन्त्री अर्यालका अनुसार आयोगलाई छानबिन कार्य सम्पन्न गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ।

यस आयोगले आन्दोलनका क्रममा भएको जनहानि, सम्पत्ति नोक्सानी, जिम्मेवारी तोक्ने कार्य र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सुझाउने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    अमेरिकी सैन्य सहयोग प्रस्तावबारे सरकारको उच्चस्तरीय छलफल, १०० मिलियन डलर सहयोगमा बहस तीव्र

    Read more

    एसइई नतिजा वैशाख अन्तिम सातासम्म सार्वजनिक हुने तयारी

    Read more