धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा आइतबारदेखि नियमित सेवा संचालन हुने

असोज ५, जनकपुरधाम । हालैको Generation-Z आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। आन्दोलनकै क्रममा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको कार्यपालिका कार्यालय, वडा नं. ०२ को वडा कार्यालय, स्वास्थ्य चौकी, हुलाक कार्यालय, प्रहरी कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका थिए भने वडा नं. ०५ को कार्यालय आंशिक क्षतिग्रस्त बनेको थियो।

उक्त कारण मिति २०८२/०५/२३ गतेदेखि अवरुद्ध भएका सम्पूर्ण सेवाहरु अब पुनः सञ्चालनमा आउने भएका छन्। मुखियापट्टी मुसहरनिया गाउँपालिकाका प्रशासन शाखा प्रमुख राम पुकार दासका अनुसार आगामी मिति २०८२/०६/०५ गते आइतबारदेखि गाउँपालिका कार्यालयलगायत सम्बन्धित सबै कार्यालयहरु नियमित समयमा खुल्ने र सेवा प्रवाह हुनेछन्।

 

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more