जनकपुरधाममा विद्यार्थी केन्द्रित मासिक कथा गोष्ठी सम्पन्न

असोज ४ , जनकपुरधाम।  मैथिली विकास कोषद्वारा प्रत्येक महिनाको पहिलो शनिबार आयोजना हुँदै आएको विद्यार्थी केन्द्रित मासिक कथा गोष्ठी आज जनकपुरधामको होटल सीता  पेलेस रामानन्द चौकमा सम्पन्न भएको छ।

गोष्ठीमा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना कथा प्रस्तुत गरेका थिए। जसमा अभिषेक  कापड, अमरेन्द्र मण्डल , राजनन्दनी तिवारी , नितिस यादव ,कुसल झा, कृष मण्डल, गोबिन्दा मण्डल , प्रेणना तिवारी , धरबेन्द्र यादव, आर्या झा लगाएत ले कथा बाचन गरेका थिए। निर्णायक मण्डलको मूल्याङ्कन अनुसार यस पटकको कथा प्रतियोगितामा प्रथम स्थान – प्रेणना तिवारी,दोस्रो स्थान – धरबेन्द्र यादव,तेस्रो स्थान – आर्या झा हुने गरी नतिजा घोषणा गरिएको छ।

विजेताहरूलाई पुरस्कार सहित सम्मान गरिएको  छ। मैथिली विकास कोषका अनुसार यस किसिमका कथा गोष्ठीहरू निरन्तर आयोजना गर्नुको उद्देश्य विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि बढाउनु, सिर्जनशीलताको विकास गर्नु र मैथिली भाषाप्रति समर्पण बढाउनु हो। जसमा बरिस्ठ पत्रकार तथा साहित्यकार सूजित कुमार झा , गुड्डु झा ,स्थानीय साहित्यकार, शिक्षक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

 

 

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more