मुख्यमन्त्री सिंह र सभामुख मण्डलबीच भेट : पुनर्निर्माण र प्रदेश सभा सञ्चालनबारे छलफल

असोज ३, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र प्रदेश सभा सभामुख रामचन्द्र मण्डलबीच आज मुख्यमन्त्री निवासमा भेटघाट भएको छ।

भेटघाटमा हालैको जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरूमा भएको क्षतिपछि पुनर्निर्माण कार्यबारे गम्भीर छलफल भएको जनाइएको छ। त्यस्तै, प्रदेश सभाको प्रभावकारी सञ्चालन, प्रदेशस्तरीय ऐन तथा नीति–नियम कार्यान्वयन, र समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत दुवै नेताबीच विस्तृत विचार–विमर्श भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

मुख्यमन्त्री सिंह र सभामुख मण्डलले आन्दोलनका क्रममा बिग्रिएका संरचनाको छिटो पुनःस्थापना र पुनर्निर्माण गर्न आवश्यक पहल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रदेश सभा सञ्चालनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन दुवै पक्ष सहमत भएको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more