कांग्रेस सभापति देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

असोज ३, काठमाडौ ।  जेन–जी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भइरहेको पार्टीले जनाएको छ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवाको टाउकोमा १२ टाँका लगाइएको छ भने गर्धनमा सामान्य चोट लागेको छ। उनले अहिले सामान्य बोलचाल गर्न सक्ने र नेताहरूसँग संवादसमेत गरिरहेको जानकारी दिए।

देउवालाई थप उपचारका लागि चिकित्सकको सिफारिसअनुसार केही दिन अस्पतालमै राखिने भएको छ। कांग्रेस नेताहरुले उनको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरेका छन्।पार्टीका अनुसार चिकित्सकहरूको टोली निरन्तर स्वास्थ्य परीक्षणमा खटिएको छ र अवस्था क्रमशः सामान्य हुँदै गएको छ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more