संघीय लोकतान्त्रिक मोर्चाद्वारा असोज ३ ‘कालो दिन’का रूपमा मनाउने घोषणा

असोज २ , काठमाडौ । संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ लाई ‘कालो दिन’का रूपमा मनाउने घोषणा गरेको छ । मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै २०७२ सालमा जारी गरिएको संविधानलाई अस्वीकार गर्दै सो दिन कालोपट्टि बाँधी विरोध प्रदर्शन गर्ने निर्णय भएको जनाएका हुन् ।

मोर्चाले विज्ञप्तिमा मधेशको असहमति र आन्दोलनलाई बेवास्ता गर्दै राज्यले बल प्रयोगमार्फत संविधान जारी गरेको आरोप लगाएको छ । डा. यादवले स्मरण गराएका छन्, “२०७२ असोज ३ गते मधेशका सपुतहरूको छातीमा गोली ठोकी, आन्दोलनको मर्म विपरीत अपूर्ण र अधुरो संविधान जबरजस्ती लादिएको थियो ।”

मोर्चाको ठहरमा संविधानले मुलुकका विविधता र समान अधिकारलाई आत्मसात् गर्न नसकेको, विशेषगरी मधेशी, थारू, आदिवासी र दलित समुदायका आवाजलाई दबाएर ल्याइएकाले त्यसलाई ‘जनताको संविधान’ भन्न नसकिने उल्लेख गरिएको छ ।

यसअघि पनि मोर्चाले असोज ३ लाई विरोध दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष भने प्रदेश–प्रदेशमा सामूहिक विरोध प्रदर्शन, कालोपट्टि बाँध्ने र विरोध जुलुस आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

  • सम्बन्धित समाचारहरु

    निर्देशन अवज्ञा गर्दा जनकपुरधामको लिटिल चेम्प स्कुललाई जरिवाना

    Read more

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more