जेन–जी आन्दोलन : मृतकको संख्या ७२ पुग्यो, पीडित परिवारलाई १० लाख दिने निर्णय

भदौ २९, काठमाडौ ।जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृतक संख्या सार्वजनिक गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।

अर्यालका अनुसार मृतकमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन् । सरकारले आन्दोलनमा ज्यान गुमाउने हरेक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै, आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिनुभयो ।

मुख्यसचिव अर्यालले युवा पुस्ताले अघि सारेका मागलाई सम्बोधन गर्न निजामती प्रशासन पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार सरकारले तत्काल प्रभावबाट पीडित परिवारलाई राहत उपलब्ध गराउने र घाइतेको उपचार सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ ।

देशभर व्यापक प्रभाव पारेको यो आन्दोलनका कारण राजनीतिक स्थिरता र सामाजिक शान्ति चुनौतीमा परेको बेला सरकारले मृतक र घाइते परिवारप्रति जिम्मेवारी पूरा गर्ने कदम चालेको हो ।

 

  • सम्बन्धित समाचारहरु

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more

    युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने हो” : मन्त्री पोखरेल

    Read more