जनकपुरधामका निजि विद्यालय र कलेज ३० भदौदेखि सञ्चालन हुने

भदौ २७, जनकपुरधाम। Gen-Z आन्दोलनका क्रममा सहादत प्राप्त विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै, लामो समयदेखि बन्द रहेका जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालय र कलेजहरू आगामी २०८२ भदौ ३० गते सोमबारदेखि पुनः सञ्चालन हुने भएका छन्।

प्याब्सन र एन–प्याब्सन जनकपुरधामले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै वर्तमान भीषण परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अस्थायी रूपमा पठनपाठन स्थगित गरिएकोमा अब नियमित पढाइ–लेखाइ सुरु गर्न सबैलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “Gen-Z आन्दोलनमा सहादत प्राप्त विद्यार्थीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै अब विद्यालय–कलेजहरूको शैक्षिक सत्रलाई निरन्तरता दिनुपर्ने आवश्यकता भएकोले ३० भदौदेखि कक्षाहरू सुरु गर्न हार्दिक अनुरोध गर्दछौं।”

संयुक्त विज्ञप्ति प्याब्सन जनकपुरधामका अध्यक्ष रवीन्द्र कुमार चौधरी र एन–प्याब्सन जनकपुरधामका अध्यक्ष दिपक कुमार ठाकुरले हस्ताक्षर गरेका छन्।यसअघि आन्दोलनका कारण जिल्लाभित्रका अधिकांश शैक्षिक संस्था बन्द रहेका थिए। विद्यालय–कलेज खुलेसँगै शैक्षिक वातावरण पुनः सामान्यतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम कांग्रेसको नगर अधिवेशन जारी, नेतृत्वका लागि सहमतिको प्रयास

    Read more

    पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा —प्रेमचन्द्र झा

    Read more