जनकपुरधाममा प्रशासनिक अधिकृतको निजी गाडीमा आगजनी, स्थानीय त्रसित

भदौ २७, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–१३, कबडहल घरमा पार्किङ गरिएकाे एक निजी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। उक्त गाडी कमला नगरपालिकाका प्रशासनिक अधिकृत सन्तोष मिश्रको रहेको खुलेको छ।

घटना गएराति ९-१० को बिचमा भएको जनाइएको छ। आगजनी भएको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र सेनालाई खबर गरिएपछि उनीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। तर, आगो पूर्ण रूपमा निभाइसक्दा गाडी पूर्णरूपमा जलेर नष्ट भएको  छ।

स्थानीयवासीले मध्यरातमा ठूलो आवाज र आगोको ज्वाला देखेपछि घटना थाहा पाएका थिए। उनीहरूले भने, “जेन–जेडको आन्दोलन सामाप्त भइसके पनि यस्ता अराजक गतिविधिले समाज त्रसित भएको छ।” सुरक्षाकर्मीहरूले घटनापछि सतर्कता बढाए पनि नागरिकहरूले अझै असुरक्षित महसुस गरिरहेको बताएका छन्।सर्वसाधारणले छिटो अपराधी पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना नदोहरियोस् भनेर ठोस कदम चाल्न सरकार र सुरक्षा निकायलाई आग्रह गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more