जनकपुरमा Gen Z आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जलीस्वरूप भोलि सबै संस्थागत विद्यालय बन्द हुने

भदौ २३,जनकपुरधाम।आज सम्पन्न ‘Gen Z’ आन्दोलनका क्रममा प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना तथा घाइतेको शिघ्र स्वास्थ लाभको कामना   गरिएको छ।

यसै सन्दर्भमा, जनकपुर उपमहानगरपालिकाभित्रका सम्पूर्ण संस्थागत विद्यालयहरू भोलि (भदौ २४ गते) एक दिनका लागि शोक बिदा रहने भएका छन्।

शोक बिदाबारे जानकारी गराउँदै एन प्याब्सन जनकपुरधामका अध्यक्ष दिपक कुमार ठाकुर ले
“आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीहरूको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गर्दै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं। शिक्षाक्षेत्रले बेहोरेको यस गम्भीर क्षणमा जनकपुर उपमहानगरपालिकाभित्रका सम्पूर्ण संस्थागत विद्यालयहरू भोलि एक दिन शोक बिदा रहने छन्।”

विद्यालय सञ्चालकहरूका अनुसार यस निर्णयमार्फत मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शिक्षाको क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more