Gen Z आन्दोलन : इटहरीमा दुई, काठमाडौंमा १७ को मृत्यु, तीन सयभन्दा बढी घाइते

भादौ २३ , काठमाडौ । ‘Gen Z’ आन्दोलन देशभर फैलिँदै जाँदा इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इटहरीका अनुसार २५ र ३० वर्ष उमेर समूहका दुई जनाले ज्यान गुमाएका हुन्। मृतकको परिचय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो झडपका क्रममा एक जना सशस्त्र प्रहरी घाइते भएका छन्। स्थिति अझै तनावग्रस्त बनेको भन्दै प्रशासनले कडाइका साथ सुरक्षाकर्मी परिचालन गरेको छ।

यसैबीच, काठमाडौंको नयाँ बानेश्वर चोकमा भएको झडपपछि प्रहरीको अन्धाधुन्ध गोली प्रहारमा १७ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा तीन सय जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।

उनीहरूमध्ये २२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। मृतक र घाइतेहरू प्रदर्शनकारी मात्रै नभई सुरक्षाकर्मीसमेत रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more