इटहरीमा ‘Gen Z’ आन्दोलन : अनिश्चितकालीन कर्फ्यु, गोलीसमेत प्रहार

भदौ २३, इटहरी । ‘Gen Z’ पुस्ताका नाममा आह्वान गरिएको आन्दोलनले शुक्रबार इटहरीलाई पनि पूर्ण रूपमा अशान्त बनाएको छ। स्थिति नियन्त्रणबाहिर जाँदा जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसो ३:३० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।

आन्दोलन उग्र बनेपछि प्रहरीले हवाई फायर समेत गरेको छ। प्रदर्शनकारीहरू इटहरी उपमहानगरपालिकाको परिसरमा प्रवेश गरेपछि प्रहरीलाई बल प्रयोग गर्न बाध्य भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमिल्सिनाले स्थिति अझै पूर्ण नियन्त्रणमा आउन नसकेको जनाएका छन्। उनका अनुसार सुरक्षाकर्मीलाई थप सशक्त रूपमा परिचालन गरिएको छ।

आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गको इटहरी खण्ड ठप्प भएको छ। लामो दूरीका सवारीसाधन रोकिन पुगेका छन् भने स्थानीय यातायात पनि बन्द भएको छ।

प्रदर्शनकारी र प्रहरीबीचको झडपमा घाइते हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ, तर आधिकारिक तथ्यांक आइसकेको छैन। प्रशासनले कर्फ्यु आदेश उल्लंघन गर्नेहरूलाई कडाइका साथ नियन्त्रणमा लिने चेतावनी दिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more