नयाँ बानेश्वरमा ‘Gen Z’ आन्दोलन : १४ जनाको मृत्यु, धेरै घाइते

भदौ २३, काठमाडौ । ‘Gen Z’ आन्दोलन आज राजधानीमा हिंस्रक मोड लिँदै जाँदा कम्तीमा १४ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

प्रदर्शनकारीहरू संसद् भवन क्षेत्रतर्फ अगाडि बढ्दा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। प्रहरी स्रोतका अनुसार संसद् भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एक जनाको त्यहीँ मृत्यु भएको छ। त्यस्तै, विभिन्न अस्पतालमा उपचारका क्रममा थप १३ जनाले ज्यान गुमाएका छन्।

सबैभन्दा बढी मृत्यु राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको भएको पुष्टि गरिएको छ। त्यस्तै, नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, सिनामंगलस्थित केएमसीमा १ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको मृत्यु भएको छ।सुरक्षा निकायका अनुसार मृतकसँगै ठूलो संख्यामा प्रदर्शनकारी, प्रहरी र सशस्त्र प्रहरी घाइते भएका छन्। तर घाइतेहरूको विस्तृत विवरण अझै आइसकेको छैन।

 

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more