विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

भदौ ५, काठमाडौ ।विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदीय समितिबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले लामो छलफलपछि उक्त विधेयक पारित गरेको हो।

बैठकमा समितिका सदस्यहरूले विद्यालय शिक्षाको संरचना, शिक्षक नियुक्ति, व्यवस्थापन, पाठ्यक्रम र स्थानीय तहको भूमिका लगायतका विषयमा धारणा राखेका थिए। धेरै संशोधन प्रस्ताव सहित विधेयक छलफलमा पुगे पनि समितिले सहमति जुटाउँदै पारित गरेको हो।

समितिका अनुसार पारित विधेयकले विद्यालय शिक्षा प्रणालीलाई थप व्यवस्थित बनाउने, विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने र शिक्षक व्यवस्थापनलाई पारदर्शी बनाउने उद्देश्य राखेको छ। अब विधेयक प्रतिनिधिसभामा टेबुल गरिनेछ।शिक्षा क्षेत्र सुधारका लागि विधेयक महत्वपूर्ण मानिएको छ भने यसप्रति विभिन्न सरोकारवाला निकायहरूले ध्यानपूर्वक निगरानी गरिरहेका छन्।

 

 

  • सम्बन्धित समाचारहरु

    गृहमन्त्री सुदन गुरुङद्वारा मटिहानी सीमाक्षेत्रको निरीक्षण, मन्दिर र पीर बाबा मजारको भ्रमण

    Read more

    जनकपुरधाममा निषेधाज्ञा अन्त्य, सोमबारदेखि सबै गतिविधि सहज हुने

    Read more

    Leave a Reply