नारायणी अस्पतालमा कैदीको मृत्यु, उपचारका लागि अनुमति नपाउँदा ज्यान गएको आरोप

श्रावण २७,वीरगञ्ज।— पर्साको नारायणी अस्पतालमा एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको पहिचान राहुल तुहारा भनेर खुलेको छ।

आज बिहान जेलभित्र व्यायाम (जिम) गर्ने क्रममा असहज महसुस भएपछि प्रशासनले उनलाई तत्काल नारायणी अस्पताल पुर्याएको थियो। अस्पतालका चिकित्सकहरूले आवश्यक उपचार अस्पतालमै सम्भव नभएको भन्दै उनलाई अन्यत्र पठाउन सुझाव दिएका थिए।

तर मृतकका आफन्तका अनुसार जिल्ला प्रशासन कार्यालयले बाहिर लैजान अनुमति नदिँदा समयमै उपचार नपाएर तुहाराको ज्यान गएको हो। वीरगन्जमा कैदी मृत्यु प्रकरण छानबिन गर्न सहायक सीडीओको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । घटना पछि मृतकका आफन्त र सम्बन्धित पक्षले यसलाई गम्भीर लापरबाहीको उदाहरण भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more

    Leave a Reply