निर्वाचन आयोगद्वारा पन्जा छाप अनिलकुमार झालालाई दिने निर्णय

श्रावण २७, काठमाडौ । निर्वाचन आयोगले नेपाल सद्भावना पार्टीको निर्वाचन चिन्ह ‘पञ्जा’ (हातको छाप) अनिलकुमार झालाको नेतृत्वलाई दिने निर्णय गरेको छ।

आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै आधिकारिक नेतृत्व र चिन्हको हक अनिलकुमार झाको पक्षमा जाने निर्णय सुनाएको हो। यसअघि पार्टीभित्र नेतृत्व तथा चिन्हको अधिकारबारे विवाद उत्पन्न भएको थियो।

निर्णयसँगै अब अनिलकुमार झाको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टीले आगामी निर्वाचनमा पञ्जा चिन्ह प्रयोग गर्नेछ। निर्वाचन आयोगले यो निर्णय राजनीतिक दलसम्बन्धी कानुन अनुसार प्रमाणित भएको जनाएको छ। ज्ञातबहोस यशअघि अनिल कुमार झाले लोसपा बाट राजिनामा गरिसकेका छन ।

 

  • सम्बन्धित समाचारहरु

    सम्झौताको हल्ला अस्वीकार गर्दै राष्ट्रिय एकता दल, अध्यक्ष विनय यादवको अनशन जारी

    Read more

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    Leave a Reply