पाकिस्तानी सेना प्रमुखको परमाणु धमकीमा भारतको कडा प्रतिक्रिया

श्रावण २६,नयाँ दिल्ली — पाकिस्तान सेना प्रमुख जनरल आसिम मुनीरले भारतविरुद्ध परमाणु हतियार प्रयोग गर्ने धमकीसहित भारतका बाँधहरू मिसाइल प्रहार गरी नष्ट गर्ने चेतावनी दिएपछि भारतले तीव्र आपत्ति जनाएको छ।

सरकारी स्रोतहरूका अनुसार पाकिस्तान “परमाणु हतियार भएको गैरजिम्मेवार देश” हो र त्यहाँका परमाणु हतियार गैर–राज्य तत्व (आतङ्ककारी समूह) को हातमा पर्न सक्ने उच्च जोखिम रहेको चेतावनी दिएको छ।

जनरल मुनीरले अमेरिकाको भूमिमा आयोजित कार्यक्रममा भनेका थिए कि भारतले सिन्धु नदी र यसको सहायक नदीहरूमा बनाइरहेका बाँधहरू निर्माण सम्पन्न हुने पर्खने र त्यसपछि मिसाइल प्रहार गरेर नष्ट गर्ने योजना पाकिस्तानसँग रहेको छ।भारतले यस प्रकारको धमकीलाई “अस्वीकार्य र खतरनाक” बताउँदै भनेको छ कि पाकिस्तानले पुनः आफ्नो असलियत देखाएको हो। सरकारी स्रोतले टिप्पणी गर्दै भने, “जब–जब अमेरिका पाकिस्तान सेनाको समर्थन गर्छ, पाकिस्तानले यस्तो भडकाउ र उक्साउने बयान दिन्छ।”

यसअघि पनि भारत र पाकिस्तानबीच जल–स्रोत, सीमा विवाद र आतंकवादका मुद्दामा तनाव भइरहेका बेला यस किसिमका बयानहरूले क्षेत्रीय सुरक्षामा थप संकट ल्याउने देखिन्छ।

 

  • सम्बन्धित समाचारहरु

    २५ वटै वडा बलियो बनाउने प्रतिबद्धतासहित लाल बाबू मिश्रको उम्मेदवारी

    Read more

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    Leave a Reply