अनिल झाले छाडे लोसपा, राजीनामा स्वीकृत

श्रावण २७,काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन्।

लोसपामा वरिष्ठ नेताको जिम्मेवारी सम्हाल्दै आएका झाले एक महिना अघि नै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राजीनामा दिएका थिए। पार्टी अध्यक्ष ठाकुर निकट नेता सुरेन्द्र झालाका अनुसार अनिलकुमार झाले दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छ।

हालसम्म उनले पार्टी परित्यागको कारण सार्वजनिक गरेका छैनन्। लोसपामा झालेको विदाइलाई नेतृत्वको कमजोरी र आन्तरिक असन्तुष्टिको परिणामका रूपमा पनि हेरिएको छ।

पछिल्ला दिनमा लोसपाभित्र असन्तुष्टि र नेताहरूको बाहिरिने क्रमले पार्टीको संगठनात्मक अवस्था चुनौतीपूर्ण बन्दै गएको छ।

  • सम्बन्धित समाचारहरु

    २५ वटै वडा बलियो बनाउने प्रतिबद्धतासहित लाल बाबू मिश्रको उम्मेदवारी

    Read more

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    Leave a Reply