कक्षा १२ को नतिजा आज बेलुका ७ बजे सार्वजनिक गर्ने तयारी

श्रावण १९, काठमाडौ । राष्ट्रिय  परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका मूल्यांकनको कार्य सम्पन्न गरेको छ। बोर्डका अनुसार हाल परीक्षा परिणाम तयारीको अन्तिम चरणमा पुगेको छ र आजै बेलुका ७ बजे परिणाम सार्वजनिक गर्ने लक्ष्य सहित अघि बढेको छ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिँदै भने, “ सबैकाम लगभग सकि सकेको छ। यदि प्राविधिक समस्या देखिएन भने आजै कक्षा १२ को नतिजा सार्वजनिक हुनेछ।”

यस वर्ष कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म देशभर एकसाथ सञ्चालन गरिएको थियो। उक्त परीक्षामा देशभरबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए।

बोर्डले नतिजा सार्वजनिक गरेपछि विद्यार्थीले वेबसाइट, एसएमएस, मोबाइल एपमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइने बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    Leave a Reply