रेशम चौधरीले पत्नीलाई हटाएर बुवालाई पार्टी अध्यक्ष नियुक्त

श्रावण १५, काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संयोजक तथा पूर्वसांसद रेशम चौधरीले पार्टी नेतृत्वमा ठुलो फेरबदल गर्दै पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाई आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष नियुक्त गरेका छन्।

पार्टीको नेतृत्वमा आएको यो नाटकीय परिवर्तन पछिल्लो समय बढ्दै गएको आन्तरिक विवाद र असन्तोष समाधान गर्ने प्रयासका रूपमा आएको बताइएको छ। पार्टीभित्रको शिथिलता, विश्वासको संकट र नीति निर्देशकीय असमझदारीबीच चौधरीले ‘पार्टीलाई बचाउने र संस्थागत बनाउने’ नाममा यस्तो कदम चालेका हुन्।

लालवीरको स्पष्टीकरण : ‘हटाइएको होइन, निकास दिनुपर्ने परिस्थिति थियो’

नवनियुक्त अध्यक्ष लालवीर चौधरीले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट ‘हटाइएको’ नभई, परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै पार्टीलाई नयाँ निकास दिन नेतृत्वमा परिवर्तन गरिएको स्पष्ट पारे। उनले भने, “हामीले कुनै व्यक्तिविशेषलाई लक्षित गरेर निर्णय गरेका छैनौं। विधि र पद्धतिअनुसार अघि बढ्ने हाम्रो प्रतिबद्धता हो।”

यसअघि अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ पोखरा लिचीबारी घुसकाण्डमा मुछिएपछि पार्टीभित्र उनीप्रति असन्तुष्टि बढ्दै गएको थियो। यही सन्दर्भमा रेशम चौधरीमाथि आफन्तवाद र पार्टीलाई ‘पारिवारिक संस्था’ बनाएको आरोप समेत लाग्दै आएको थियो।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more

    Leave a Reply