नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने

१५ साउन, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

सञ्चालक समितिको बैठकले अर्थमन्त्रालयको स्वीकृति लिई कायम सेयरधनीलाई शत प्रतिशत हकप्रद सेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । साथै सो प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।

आगामी माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनेगरी प्रस्ताव गरेका छन् । त्यसैले नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । त्यस्तै बजार मूल्य प्रतिकित्ता १६ सय रुपैयाँ हाराहारीमा छ ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more

    Leave a Reply