महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

१५ साउन, जनकपुरधाम । महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा छन् ।

उनको दुर्गा मन्दिर नजिकको पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको स्थानीय सुमन झाले जानकारी दिए । साँझ पोखरीमा डुबेको स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजेर शव निकालेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more

    Leave a Reply