जानकी नगरमा नाला निर्माणपछि डुबान: असाढे विकासको ‘हेम पाइप’ योजनाले झनै कष्टमा जनता

साउन ४, जनकपुरधाम— जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ७ अन्तर्गत पर्ने जानकी नगरमा असाढे विकास अन्तर्गत निर्माण गरिएको ढल व्यवस्थापनको लागि नाला स्थानीयवासीका लागि अभिशाप बनेको छ। लाखौं खर्च गरेर निर्माण गरिएको ‘हेम पाइप’ सहितको नाला पानीको निकास नहुँदा उल्टै रातभर बस्ती डुबानमा परेको छ।

स्थानीय बासिन्दाहरूको अनुसार, गए रातिदेखि परेको सामान्य वर्षा पछि नै नालाबाट पानी बग्न सकेन। उल्टै नालाको पानी  घर–घरमा पानी पस्न थालेको हो। अहिले जानकी नगरको मुख्य बस्ती क्षेत्र छिनो पानीमै डुबेको छ।

जनप्रतिनिधिहरूको पहलमा तत्कालीन असाढे विकास कार्यक्रमबाट ढल व्यवस्थापनका लागि हेम पाइप प्रणाली प्रयोग गरेर नाला बनाइएको थियो। निर्माणको क्रममा तत्कालीन उपभोक्ता समितिले “पानी व्यवस्थापनका लागि अत्याधुनिक प्रविधि” प्रयोग गरिएको दाबी गरेको थियो। तर, नाला बनाउने क्रममा पानी कहाँ जान्छ भन्ने कुरा बेवास्ता गरिएको स्थानीयहरूको आरोप छ।

स्थानीय दिपक कुमार ठाकुर भन्छन्,

“हेम पाइप त जडान गरियो, तर नालामा पानी जम्मा हुने मात्र व्यवस्था छ, निकास छैन। यो के विकास हो? डुबानमै जनता पिलिने विकास चाहिएको थिएन।”

स्थानीय को गुनासो छ  “पहिले खोला जस्तै खुला नाला थियो, कम्तीमा पानी बग्थ्यो। अब त सिसा झैँ ढाकिएको छ, कहाँ गयो पाइप? सब घरमा पानी!”

जानकी नगरको यो अवस्था मधेश प्रदेशका अन्य भागहरूमा पनि दोहोरिएको छ। कतिपय ठाउँमा विकासका नाममा ढल, सडक, इनार निर्माण गरिए पनि स्थायित्व, गुणस्तर र आवश्यकताको मूल्याङ्कन नगरी काम गरिँदा जनतालाई सास्ती मात्र थपिएको देखिन्छ।

जानकी नगरमा निर्मित हेम पाइप युक्त नाला अब प्रश्नको घेरामा आएको छ। लाखौंको बजेट सकिए पनि बस्ती डुबानमा परेपछि ‘विकास’ शब्दप्रति नै जनविश्वास खस्किँदै गएको देखिन्छ। स्थानिय सरकार र प्रशासनले तत्काल समाधान उपाय नखोजे, जनआक्रोश चर्किने सम्भावना छ।”विकास” नाममा पानीमै डुब्ने जनता कहिलेसम्म यस्तो नियति भोगिरहने?

 

 

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more

    Leave a Reply