छांगुर बाबाको ५०० करोडको धर्मान्तरण सञ्जाल: नेपालमार्गी हवाला, विदेशी पैसा र एक भयानक षड्यन्त्र

जनकपुरधाम, ३० असार — धार्मिक आस्थाको आडमा फैलिएको एक गम्भीर षड्यन्त्र भारतको उत्तर प्रदेशदेखि नेपालसम्मको सीमा क्षेत्रमा उजागर भएको छ। उत्तर प्रदेशको आतंकवाद विरोधी शाखा (एटीएस) ले हालै सार्वजनिक गरेको अनुसन्धान अनुसार, जलालुद्दीन उर्फ छांगुर बाबा ले विगत तीन वर्षमा ५ सय करोड भारतीय रुपैयाँ बराबरको विदेशी सहयोग प्राप्त गरेका थिए—जसको मुख्य प्रयोजन हिन्दू समुदायका महिला र युवाहरूलाई इस्लाममा धर्म परिवर्तन गराउनु रहेको पुष्टि भएको छ। छांगुर बाबाले २०० करोड औपचारिक बैंकिङ प्रणाली मार्फत भारत भित्र्याए भने ३०० करोड रुपैयाँ नेपालको हवाला च्यानल प्रयोग गरी भारत ल्याइएको पुष्टि भएको छ। यो रकम मुख्यतः पाकिस्तान, दुबई, साउदी अरेबिया र टर्की जस्ता मुस्लिम बहुल राष्ट्रहरूबाट पठाइएको थियो। नेपालको काठमाडौँ, नवलपरासी, रूपन्देही र बाँके जिल्लामा खोलिएका १०० भन्दा बढी बैंक खाताहरूमा यी रकम जम्मा भएको देखिएको छ। यी खाताहरू स्थानीय एजेन्टहरू मार्फत सञ्चालन गरिन्थे, जसले ४–५ प्रतिशत कमिसनमा पैसा भारत पुर्‍याउने गर्थे।

🏦 बैंक खाताहरू र हवाला कारोबार

छांगुर बाबा र उनका सहयोगीहरूको नाममा ४० भन्दा बढी बैंक खाता भेटिएको छ। एटीएसका अनुसार, नवीन रोहरा नाम गरेका एक व्यक्तिको खातामा ३४.२२ करोड, र नसरीन उर्फ नीतू नाम गरेकी महिलाको खातामा १३.९० करोड रुपैयाँ रहेको पुष्टि भएको छ।

नसरीन, नेपाल सञ्जालको प्रमुख इन्चार्ज थिइन्, जसले नेपालमार्फत आउने रकमको व्यवस्थापन गर्थिन्। उनले विदेशी पैसा कहां-कसरी खर्च गर्ने भनेर छांगुर बाबासँग प्रत्यक्ष निर्देशन लिने गर्थिन्।

🇳🇵 नेपाल–भारत सीमाबाट सञ्चालन

यो षड्यन्त्रको केन्द्र बिन्दु बनेको छ नेपाल–भारत खुला सिमाना। छांगुर गिरोहले सिधै सिमाना पार गर्ने मानव तस्करी शैलीमा पैसा र मानव साधनको आवतजावत गराएको थियो।भारतका बलरामपुर, श्रावस्ती, बहराइच, लखीमपुर, र बिहारका मधुबनी, सीतामढी, पूर्णिया, चम्पारण, सुपौल जिल्लाहरूमा सञ्जाल फैलाइएको थियो। पैसा नेपालमा क्यास डिपोजिट मेसिन (CDM) मा हालेर सिधा खातामा जम्मा गरिन्थ्यो, जुन भारतमा रूपान्तरण गरी धर्म परिवर्तन कार्यक्रमहरूमा खर्च गरिन्थ्यो।

🕌 अयोध्या — एक पवित्र सहर, एक भयावह लक्ष्य

एटीएस अनुसार, अयोध्यामा सबैभन्दा बढी रकम प्रयोग गरिएको थियो। यहाँ हिन्दू केटीहरूलाई विशेष निशानामा पारेर इस्लाममा धर्म परिवर्तन गराइएको आरोप छ। धेरै घटनाहरूमा युवतीहरूलाई शिक्षा, रोजगारी, विवाह, उपचार, र विदेश पठाउने प्रलोभन देखाइन्थ्यो। धर्म परिवर्तनपछि केही युवतीहरू दुबई र साउदीमा बेचिएको आशंका पनि गरिएको छ, यद्यपि यसको पुष्टि अनुसन्धानको निष्कर्षपछि हुनेछ।

🏰 ‘धार्मिक गुरु’ को महलमा बुलडोजर

छांगुर बाबाले सरकारी जमिनमा अवैध रूपमा बनाएको ५ करोड लागतको बंगला उत्तर प्रदेशको बलरामपुरमा रहेको थियो।४० कोठा भएको यो बंगला, सीसीटीभी, मार्बल गेट, विदेशी फर्निचर र कमाण्ड रूमसहित अत्याधुनिक ढाँचामा बनाइएको थियो।१० वटा बुलडोजरको तीन दिन लामो अपरेशन पछि उक्त बंगला ध्वस्त पारिएको छ।

👤 हिरासतमा खुल्दैछन् रहस्य

छांगुर बाबा अहिले एटीएसको हिरासतमा छन्। अनुसन्धानका क्रममा उनले स्वीकार गरेका छन् कि दुबई र नेपालमा उनीहरूको सबैभन्दा ठुलो नेटवर्क थियो।नेपालतर्फको कार्यभार नसरीन उर्फ नीतू ले सम्हालेकी थिइन्। उनले दुबई तथा अन्य देशबाट आएको रकमको प्रयोग र सम्पर्कहरूलाई व्यवस्थित गरिरहेकी थिइन्। तर जब ठोस प्रमाणहरू देखाएर विदेशी कोष र धर्म परिवर्तनको बारेमा सोधियो, छांगुर बाबा र नसरीन दुवैले ट्वाल्ल पर्ने उत्तर दिन थाले। यसले उनीहरूको संलग्नता झनै पुष्टि गर्छ।

⚠️ धर्मको आडमा षड्यन्त्र: नेपाललाई पनि सोच्नैपर्ने घडी

नेपालमा खुलेर धर्म प्रचार गर्ने इस्लामिक संस्थाहरू, केही गैरसरकारी संस्थाहरू र विदेशी फन्डिङप्रति राज्य संयन्त्रको गम्भीर उदासीनता अब प्रश्नको केन्द्र बनेको छ। नेपालको समान धर्म स्वतन्त्रता नीतिलाई लत्याउँदै विदेशी कोषहरू नेपालमा संकलन गरी भारतमा धर्म परिवर्तन जस्तो संवेदनशील काममा लगानी गर्नु गम्भीर राष्ट्रिय सुरक्षा समस्या हो।

📢 के नेपाल मौन रहन सक्छ?

नेपालका सशस्त्र सीमा बल, वित्तीय अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, र गृहमन्त्रालयको साझा प्रयास बिना यस्तो गिरोह नियन्त्रण गर्न सम्भव छैन। छांगुर बाबाको १००+ खाता नेपालमा खोलिनु, हवाला प्रयोग हुनु, र यहाँको मौन स्वीकृति हुनु आफैंमा लाजमर्दो कुरा हो।

छांगुर बाबाको गिरोहले धर्मको नाममा आस्थाको अपमान मात्र गरेन, नेपाल र भारत दुबैको सार्वभौमिकताको उपहास गर्‍यो। अब भारतजस्तै नेपालले पनि यस्ता क्रियाकलापमा शून्य सहनशीलताको नीति अपनाउनु आवश्यक छ।

धर्म विश्वासको विषय हो, धन्दा होइन। तर जब धर्म ‘पैसाको परियोजना’ बन्छ, त्यो राज्य, समाज र सम्पूर्ण सभ्यताको लागि खतरनाक हुन्छ।

नेपालका बैङ्किङ नियामक, सुरक्षात्मक निकाय र धार्मिक संस्थाहरूले छांगुर प्रकरणबाट पाठ सिक्नुपर्छ। देशको धर्म, संस्कृति र सामाजिक एकतालाई पैसामा बेचेको कदापि स्वीकार्य हुन सक्दैन। अब समय आइसकेको छ, जब राज्य कडा निर्णय गर्न आवश्यक छ।

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply