पत्रकार दीलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

असार १९, काठमाडौँ–  पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौँले २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।   बिहीबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा पाठक आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको  कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबी उनी विरुद्ध गरिएको छ ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवा (कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र) को पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहिल अग्रवाल र दीपक भट्टको लगानी रहेको छ, निज दीपक भट्टमार्फत जयवीर देउवा हिल्टन होटलमा जोडिएका छन्, उक्त बिजनेस क्यानडासम्म फैलिएको बताइन्छ’ भन्ने सामग्री प्रकाशन गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा जाहेरी दिएका थिए ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    Leave a Reply