हंसपुरमा सडक निर्माण भ्रष्टाचार प्रकरण: ५ जना दोषी, ४ जनाले पाए सफाइ

२७ फागुन, जनकपुरधाम।  — विशेष अदालत ले धनुषाको हंसपुर नगरपालिकामा सडक निर्माणका क्रममा भएको भ्रष्टाचार प्रकरणमा ५ जनालाई दोषी ठहर गरेको छ।
अदालतले इन्जिनियर र सब–इन्जिनियरलाई कैद तथा जरिवानाको सजाय सुनाएको छ भने प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र निर्माण व्यवसायीलाई कैद सजाय सुनाएको हो।
यसैगरी उपप्रमुखसहित चार जनालाई भने अदालतले आरोपबाट सफाइ दिएको छ। अदालतले उक्त सडक निर्माणमा बढी भुक्तानी भएको रकम सम्बन्धित पक्षबाट असुलउपर गर्ने फैसला समेत सुनाएको छ।
हंसपुर नगरपालिकामा सडक निर्माणका क्रममा अनियमितता भएको भन्दै मुद्दा दायर भएको थियो। अदालतको फैसलासँगै भ्रष्टाचार प्रकरणमा संलग्न ठहरिएका व्यक्तिमाथि कैद सजाय र जरिवाना लाग्ने भएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more