सुनको भाउ ओरालो लाग्दै, कतिमा भईरहेको छ कारोवार ?

१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५२७० रुपैयाँमा झरेको छ । यसअघि गत माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

सम्बन्धित समाचारहरु

मैले लगानी गरेको रकम ऋणबाट जुटाइएको हो : गृहमन्त्री गुरुङ

Read more

गृहमन्त्री गुरुङद्वारा आरोपको खण्डन, “हल्ला र भ्रम” भन्दै तथ्यमा आधारित मूल्यांकनको आग्रह

Read more