सि के राउत लाई जनमत पार्टी को नेतृत्व छोडन दबाब

असोज १, जनकपुरधाम। जनमत पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्दै जाँदा आज पार्टीका केही पदाधिकारीहरूले नेतृत्व परिवर्तनको औपचारिक माग गर्दै पार्टी अध्यक्षलाई पत्र बुझाएका छन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सि.के. सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदूरपश्चिम) राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले संयुक्त रूपमा हस्ताक्षर गरिएको पत्रमा पार्टीमा नेतृत्व अदलाबदल अपरिहार्य भएको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ– “देशमा व्यापक भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद र कुशासनका विरुद्ध जेन–जी पुस्ताले सञ्चालन गरेको आन्दोलनले नेपाललाई नयाँ राजनीतिक मोडमा ल्याएको छ। यस अवस्थामा जनमत पार्टीले आत्मसमीक्षा गर्दै नेतृत्व परिवर्तनको बाटो रोज्नुपर्छ।”

पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत (सि.के. राउत) र संघीय मामिला प्रमुख डा. जयप्रकाश राउतलाई लक्षित गर्दै पत्रमा पार्टीलाई “विश्वसनीय, जनमुखी र जनप्रतिनिधिको भावना प्रतिबिम्बित गर्ने संस्थामा रुपान्तरण गर्न” आह्वान गरिएको छ।

साथै, पत्रमा हालको नेतृत्वको असफलताले पार्टीभित्र वैचारिक गतिविधि, मूल उद्देश्य र कार्यदिशा कमजोर बन्दै गएको गुनासो गरिएको छ। पार्टीको पुनर्गठन र सुदृढीकरणमा नयाँ सोचसहित नेतृत्व परिवर्तन आवश्यक रहेको उनीहरूको माग छ।नेतृत्व परिवर्तनको यो औपचारिक मागसँगै जनमत पार्टीभित्र आन्तरिक खिचातानी खुलेर बाहिर आएको छ।

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more