सर्वोच्चको अन्तरिम आदेश बेवास्ता गर्दै सरकारले राजदूतलाई नेपाल फर्कन निर्देशन

कार्तिक १८, काठमाडौ । सर्वोच्च अदालतले फिर्ता बोलाउने सरकारको निर्णयमा अन्तरिम आदेश जारी गरेको केही दिनमै सरकारले राजदूतहरुलाई नेपाल फर्कन निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले सोमबार पत्र पठाई ती राजदूतहरुलाई तत्काल मन्त्रालयमा हाजिर हुन भनिएको छ ।

अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गर्दै फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी निर्देशन दिएको थियो । अदालतको आदेशले सरकारलाई उक्त निर्णय कार्यान्वयन रोक्न भनेको भए पनि प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पुनः राजदूतहरुलाई फर्कन पत्र पठाइएको हो ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले सबै फिर्ता बोलाइएका राजदूतहरुलाई सो पत्र पठाइसकेको छ र निकट भविष्यमै उनीहरु काठमाडौं फर्किने तयारीमा छन् । अदालतको आदेशलाई बेवास्ता गर्दै गरिएको यो कदमले कानुनी विवाद चर्काउने संकेत देखिएको छ ।

राजनीतिक विश्लेषकहरूले सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले यस्तो कदम चाल्नुले न्यायपालिकाको सम्मान र संवैधानिक सीमामा गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन् । अहिले अदालत र कार्यपालिकाबीचको सम्बन्ध पुनः तनावपूर्ण दिशातर्फ उन्मुख भएको देखिन्छ ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more