१चैत , जनकपुरधाम। — सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरिएको रिटमा अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो।
निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरीका आधारमा आयोगले उनको उम्मेदवारी खारेज गरेको जनाएको थियो।
आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साह सर्वोच्च अदालत पुगेका थिए। तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि धनुषा–१ बाट निर्वाचित मातृका यादवको सांसद पद यथावत रहने भएको छ।



















