१ चैत , काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीमार्फत संसदमा पठाउने ५७ जनाको नामावली टुंगो लगाएको छ।
आज बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नामावली तय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।
उहाँका अनुसार समावेशीताको आधारमा खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ।
रास्वपाले तय गरेको उक्त नामावली अब निर्वाचन आयोगमा बुझाइने बताइएको छ।



















