संघीय संसद्को संयुक्त बैठक आज बस्दै, राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने

२८ बैशाख , काठमाडौ ।  — संघीय संसद्का दुवै सदनको संयुक्त बैठक आज बस्दैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू एकै ठाउँमा सहभागी हुने उक्त बैठकलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।
संसद सचिवालयका अनुसार संयुक्त बैठक आज दिउँसो ४ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु हुनेछ। बैठकमा रामचन्द्र पौडेल  ले विशेष सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। सरकारको वार्षिक नीति, विकास प्राथमिकता तथा आगामी बजेटको आधार दस्तावेजका रूपमा नीति तथा कार्यक्रमलाई महत्वपूर्ण मानिन्छ।
संसद सचिवालयले संयुक्त बैठकलाई व्यवस्थित बनाउन सबै सांसदलाई दिउँसो ३:४५ बजेसम्म बैठक कक्षमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको जनाएको छ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रममार्फत सरकारले आर्थिक सुधार, पूर्वाधार विकास, रोजगार सिर्जना, सुशासन तथा सेवा प्रवाहलगायतका विषयमा आगामी रणनीति सार्वजनिक गर्ने अनुमान गरिएको छ। यस कारण संसद्‌देखि सत्ता गठबन्धन र प्रतिपक्षी दलसम्मको ध्यान आजको सम्बोधनमा केन्द्रित भएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more