शुक्रबार १२:३४ मा बालेन शाहको सपथ, शंखनादसहित भव्य तयारी

११ चैत , काठमाडौ । — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहको प्रधानमन्त्री पदको सपथग्रहण शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने तय भएको छ। बालेननिकट स्रोतका अनुसार उक्त साइतमै सपथ लिने जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकिएको छ।
सपथग्रहण समारोहलाई भव्य र सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको छ। समारोहमा १०८ जना बटुकद्वारा स्वस्तिवाचन गरिनेछ भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै, ७ जना ब्राह्मणले शंखनाद गर्दै समारोहलाई सनातन परम्पराअनुसार गुन्जयमान बनाउने तयारी गरिएको जनाइएको छ।
सांस्कृतिक तथा धार्मिक विधि समेटेर आयोजना गर्न लागिएको यो सपथग्रहण समारोहलाई ऐतिहासिक र विशेष बनाउने तयारी तीव्र पारिएको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more