२८ बैशाख ,काठमाडौं । सरकारले आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत सरकारी कार्यालय, सार्वजनिक संस्था तथा स्थानीय तहमा सरसफाइ, फोहोर व्यवस्थापन, शौचालय सुधार र सेवाग्राहीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइने जनाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अभियानको उद्देश्य सार्वजनिक निकायहरूलाई थप व्यवस्थित, सफा र नागरिकमैत्री बनाउनु रहेको छ। अभियान अवधिभर विभिन्न सरकारी कार्यालय, अस्पताल, विद्यालय तथा सार्वजनिक स्थलमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।
अभियानको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री निसा मेहता ले काठमाडौंस्थित वीर हस्पिटल बाट गर्ने कार्यक्रम तय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अधिकारीहरूका अनुसार सरसफाइ सप्ताहलाई जनस्वास्थ्य सुधारसँग जोडेर सञ्चालन गरिनेछ। कार्यालय परिसरको सफाइ, प्लास्टिक तथा फोहोरको उचित व्यवस्थापन, शौचालय मर्मत तथा नियमित सफाइ, खानेपानी व्यवस्थापन र सेवाग्राहीलाई सहज वातावरण प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
सरकारले सबै सरकारी निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा नागरिक समाजलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन हुने
- समाचार
- ४ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 47 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 29 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 82 views



















