विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ, यही नै कांग्रेस हो’ : गगन थापा

पुस ३०, काठमाडौ । — नेपाली कांग्रेसका नेता गगन थापाले विशेष महाधिवेशनबाट विधिवत् र विधानसम्मत रूपमा नेतृत्व चयन भइरहेको दाबी गरेका छन्। उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी गराइने स्पष्ट पारे।

निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै आयोगलाई जानकारी दिने तयारी रहेको बताउँदै थापाले भने, “आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौं। पार्टीको चुनाव चिह्न रूख र चारतारे झन्डा हामीसँगै छ। अर्को कुरा, कांग्रेस नै हामी हौँ।”

थापाको भनाइपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक समीकरण थप स्पष्ट हुँदै गएको छ भने विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वको दाबीलाई लिएर बहस चर्किँदै गएको छ।

  • सम्बन्धित समाचारहरु

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more

    रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा CFWA का कर्मचारीद्धारा रकम सहयोग

    Read more