विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षक महासङ्घको चरणबद्ध आन्दोलन सुरु

भदौ ६, काठमाडौ ।  नेपाल शिक्षक महासङ्घ (ने.शि.म.) राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकप्रति आफ्नो असहमति प्रकट गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। महासङ्घले आज पत्रकार भेटघाटमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आगामी दिनमा चरणबद्ध रूपमा दबाब सिर्जना गर्ने घोषणा गरेको हो।

घोषित कार्यक्रमअनुसार भदौ ९ गतेसम्म महासङ्घले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा प्रमुख राजनीतिक दलका सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउनेछ। त्यसपछि भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइने र सो अवसरमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम तय गरिएको छ।

यस्तै, भदौ १३ गते शुक्रबार देशभरका पालिकामा तथा भदौ १५ गते आइतबार सबै जिल्लाका समन्वय इकाईहरूमा ध्यानाकर्षण पत्र बुझाइनेछ। सो क्रममा शिक्षकहरूले प्रतीकात्मक रूपमा एक घण्टाको धर्ना दिने पनि महासङ्घले जनाएको छ।महासङ्घले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। दोस्रो चरणमा अवरोधात्मक र विरोध प्रदर्शनसहितका कडा आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी महासङ्घले दिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more