रौतहटमा सवारी दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

पुस २१ , रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिका–१ स्थित भुवाली चौकमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार EV गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयवासीको भीड लागेको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर सवारी साधन नियन्त्रणमा लिँदै आवश्यक अनुसन्धान सुरु गरेको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको वास्तविक कारणबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस दुःखद घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more