राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियानमा

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियानमा छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज सप्तरीमा आमसभा छ । भारदहमा दिउँसो १ बजे हुने आमसभामा राप्रपाका शीर्ष नेताहरू उपस्थित हुनेछन् ।

फागुन ८ गते शुक्रबार महोत्तरी, सर्लाही, रौतहट र बारामा कोणसभा राखिएको छ ।

९ गते शनिबार बारा र पर्सामा बिभिन्न ठाउँमा कोणसभा छ । १० गते रौतहट र सर्लाही तथा ११ गते धनुषा र महोत्तरीमा राप्रपाको कोणसभाहरू हुनेछन् ।

२१ फागुनको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसारको समय सुरु भएको हो । राजनीतिक दल र उम्मेदवारले यही फागुन १८ गतेसम्म प्रचारप्रसार गर्न पाउँछन् । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ जना र समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ सिटका लागि दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार रहेका छन् । समानुपातिक तर्फ ६३ दलबाट तीन हजार १३५ जना रहेका छन् ।

राप्रपाले समानुपातिकतर्फ ११० जनाकै नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रत्यक्षतर्फबाट निर्वाचित हुने १६५ सिटमध्ये १६३ सिटमा उम्मेदवार उठाएको छ । समानुपातिक तर्फ दलले पाएको मतका आधारमा सांसद चुनिन्छन् । प्रत्यक्षतर्फ भने सदर मतमा बढी मत ल्याउने निर्वाचित हुन्छन् ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more