२७ फागुन, जनकपुरधाम। जनकपुरधामको अत्यन्त व्यस्त चौक मानिने रमानन्द चौक मा ट्राफिक व्यवस्थापन सुधार तथा दुर्घटना न्यूनीकरणका लागि नयाँ प्रयास सुरु गरिएको छ।
चौकमा सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा रातिको समयमा पनि सडक संरचना स्पष्ट देखियोस् भन्ने उद्देश्यले फ्लेक्सिबल रिफ्लेक्टिभ रिङ जडान गरिएको हो।
यी रिङहरूले सवारीसाधनलाई आफ्नो लेनभित्र राख्न सहयोग गर्ने तथा चौकमा हुने अनावश्यक अव्यवस्था कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ। रिफ्लेक्टिभ सामग्री प्रयोग गरिएको हुँदा विशेषगरी रातिको समयमा टाढाबाटै देखिने भएकाले सम्भावित दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।
स्थानीयवासी तथा चालकहरूले यो पहल सकारात्मक रहेको बताउँदै यसले जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, यस्ता संरचना शहरका अन्य व्यस्त चोकहरूमा पनि विस्तार गर्नुपर्ने उनीहरूको सुझाव रहेको छ।

















