१० चैत, जनकपुरधाम। धनुषाबाट नेकपाका तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्यमा निर्वाचित योग कुमार बरबरिया ले आगामी चैत १२ गते आफ्नै मातृभाषा मैथिलीमा शपथ ग्रहण गर्ने भएका छन्।
बरबरियाको यो निर्णयले मातृभाषाप्रति सम्मान व्यक्त गर्दै भाषिक पहिचानको संरक्षणमा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ। यसले नेपालको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानलाई उजागर गर्दै सबै भाषाप्रति समान सम्मानको भावना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास गरिएको छ।
उनको यो कदमलाई स्थानीयदेखि राष्ट्रिय तहसम्म सकारात्मक रूपमा लिइएको छ। मातृभाषाको प्रयोग र प्रवर्द्धनमा यसले थप उत्साह जगाउने अपेक्षा गरिएको छ।
संघीय संसद्मा मातृभाषामा शपथ लिने प्रवृत्ति बढ्दै गइरहेको सन्दर्भमा बरबरियाको निर्णयलाई भाषिक अधिकारको सम्मानका रूपमा पनि हेरिएको छ।



















