१२ फागुन , महोत्तरी । अभनिस झा– महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उज्वल झाले घरदैलो अभियानसँगै पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाएका छन्।
झाले पिपरा गाउँपालिका–१ एकरहिया लगाएतका गाउँ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन्। मंगलवार विभिन्न वडामा पुगेर उनले स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए। भेटघाटका क्रममा उनले सुशासन, पारदर्शिता र स्थानीय विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्।
यसैक्रममा सयौंको संख्यामा स्थानीयहरू रास्वपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार झाले पार्टीमा स्वागत गर्दै परिवर्तनका लागि एकजुट हुन आह्वान गरेका थिए। उनले स्थानीय तहदेखि संघसम्म उत्तरदायी र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गरे।
रास्वपाले महोत्तरी–३ मा संगठन विस्तारलाई तीव्र बनाउँदै घरदैलो, अन्तरक्रिया तथा प्रवेश कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। चुनावी मैदानमा प्रतिस्पर्धा चर्किँदै जाँदा यस क्षेत्रको राजनीतिक समीकरण थप रोचक बन्दै गएको विश्लेषण गरिएको छ।
महोत्तरी–३ मा चुनावी सरगर्मी बढ्दै, रास्वपाका उज्वल झाद्वारा घरदैलो र पार्टी प्रवेश अभियान तीव्र
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 28 views

















