महेन्द्र ठाकुरको अध्यक्षतामा संघीय लोकतान्त्रिक मोर्चा बैठक, प्रधानमन्त्रीमा बालेनलाई हेर्न पाउने आशा व्यक्त

२९ फागुन, काठमाडौ । महेन्द्र ठाकुरको अध्यक्षतामा संघीय लोकतान्त्रिक मोर्चा बैठक, प्रधानमन्त्रीमा बालेनलाई हेर्न पाउने आशा व्यक्त
काठमाडौं । महन्त ठाकुरको अध्यक्षतामा बसेको Federal Democratic Front Nepalको केन्द्रीय मूल समितिको बैठकले विभिन्न राजनीतिक निर्णयहरू गरेको छ।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायले व्यापक समर्थन दिएको उल्लेख गर्दै बालेन साह लाई प्रधानमन्त्रीका रूपमा देख्न पाउने आशा व्यक्त गरेको छ। मोर्चाले लामो समयदेखि मधेशी, थारु तथा अन्य उत्पीडित समुदायले गरेको संघर्ष र बलिदानको परिणामस्वरूप गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशीताजस्ता उपलब्धि संस्थागत हुने विश्वास व्यक्त गरेको छ।
बैठकले संविधान संशोधन, समाजिक सुधार, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा संघीयतालाई अझ बलियो बनाउने जस्ता विषयमा पनि सम्बोधन हुने अपेक्षा गरेको जनाएको छ।
यसैगरी मोर्चाले आफ्ना अग्रज नेतामहन्त ठाकुर राष्ट्रियसभा सदस्य निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय पनि गरेको छ।
मोर्चाले आगामी दिनमा उत्पीडित समुदायका अधिकार र समावेशी प्रतिनिधित्वका मुद्दालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more