३० फागुन, गोरखा — गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा इलेक्ट्रिक भ्यान (ईभी) दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
दुर्घटना शहीद लखन गाउँपालिका–३ क्षेत्रमा शुक्रबार राति करिब ८ बजे भएको हो। दुर्घटनामा सवार १५ जनामध्ये अधिकांश भारतीय नागरिक रहेको स्थानीय स्रोतले जनाएको छ।
सो गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दिपक पाण्डेका अनुसार दुर्घटनामा परेको भ्यान सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको थियो। घटनापछि उद्धार टोलीले ८ जना घाइतेलाई जीवितै उद्धार गरेको उनले बताए।
घाइतेमध्ये ७ जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने एक गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ।
वडाध्यक्ष पाण्डेका अनुसार दुर्घटनाको सम्भावित कारण ब्रेक फेल हुनु, ठाडो तथा अप्ठ्यारो सडक, वर्षा भइरहेको अवस्था तथा चालकलाई रुटबारे पर्याप्त जानकारी नहुनु हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलमा सशस्त्र प्रहरीको टोलीले उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको छ। उक्त दुर्घटनाले मनकामना–आँबुखैरेनी सडकखण्डको जोखिमपूर्ण अवस्थाबारे पुनः चिन्ता बढाएको छ।
मनकामना दर्शन गरेर फर्किँदै गरेको इलेक्ट्रिक भ्यान दुर्घटना, ७ भारतीयको मृत्यु
- Breaking News, समाचार
- ६ महिना अगाडि
- 0 Comments
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 24 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 34 views
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 57 views


















