मधेस प्रदेस सरकार गठनका लागि १९ गतेसम्म दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

मंसिर १७, जनकपुरधाम।— मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि संविधानको धारा १६८(२) अनुसार बहुमत आधारमा नयाँ मुख्यमन्त्री चयनको आह्वान गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री यादवले संविधानको धारा १६९(१)(क) बमोजिम राजीनामा दिएका थिए, जसलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले स्वीकृत गरेका छन्। राजीनामा स्वीकृतसँगै अब प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थन जुटाएर बहुमत प्राप्त गर्न सक्ने सदस्यले नयाँ सरकार गठनका लागि दाबी पेश गर्नुपर्ने व्यवस्था लागू भएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार मंसिर १९ गते शुक्रबार साँझ ५ बजेभित्र नयाँ मुख्यमन्त्री बन्न इच्छुक प्रदेशसभा सदस्यहरूले लिखित दाबी पेश गर्नुपर्नेछ। दाबी पेश गर्ने व्यक्तिले आवश्यक बहुमत पुष्टि गर्न सक्षम हुने कागजात तथा समर्थनपत्रहरू समेत बुझाउनुपर्नेछ।

यता मुख्यमन्त्री यादवले आजै प्रदेशसभा बैठकमै रोष्टमबाटै राजीनामा घोषणा गरेका थिए। सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन बाध्य अवस्थामा रहेका यादवलाई उपलब्ध मत संख्या मा आफ्नो पार्टी नेकपा एमाले बाहेक अरु नभए पछि  पदत्याग गर्ने निर्णय लिएका थिए।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more