मधेसमा एमालेसँग सहकार्य घातक हुने दिपक ठाकुरको चेतावनी

मंसिर १७, जनकपुरधाम ।  मधेस प्रदेशमा सरकार गठनको नयाँ समीकरणबारे छलफल चलिरहेका बेला नेपाली काँग्रेसका युवा नेता दिपक ठाकुरले एमालेसँग सहकार्य गर्ने कुनै पनि प्रयास “राजनीतिक रूपमा घातक र काँग्रेस तथा देश दुवैका लागि दीर्घकालीन रूपमा विनाशकारी” हुने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो टिप्पणीमा प्रदेशका केही नेताहरू एमालेसँग मिलेर सरकार बनाउने दाउ खेलिरहेको समाचारप्रति चर्को असन्तोष व्यक्त गरेका छन्।

ठाकुरका अनुसार अहिलेको राष्ट्रिय राजनीतिक परिवेश, संघीय सत्ता–समीकरण र मधेस प्रदेशको संवेदनशीलता हेर्दा काँग्रेसले एमालेसँग हात मिलाउने काम आफ्नो ऐतिहासिक सिद्धान्त, आन्दोलनको पृष्ठभूमि र कार्यकर्ताको जनभावनाविपरीत हुनेछ। उनले काँग्रेस नेतृत्वलाई स्पष्ट सुझाव दिँदै भनेका छन् कि एमालेभन्दा बाहेकका दलहरूसँग संवाद र सहकार्य गर्दै वैकल्पिक गठबन्धन बनाउनु नै सही मार्ग हो। उनका अनुसार सक्ने हो भने काँग्रेसले मुख्यमन्त्री राखेर सहकार्यमूलक सरकार बनाउनु पर्छ, र यदि मुख्यमन्त्री दिनुपर्ने अवस्था आए पनि मन्त्रालय लिएर सहकार्य गर्न सकिन्छ—तर एमालेसँग गठबन्धन गर्ने गल्ती कुनै हालतमा दोहोरिनु हुँदैन।

युवा नेता ठाकुरले पार्टीभित्रको आन्तरिक निर्णय प्रक्रियालाई लक्षित गर्दै केही व्यक्तिहरूले आफ्नो व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्न काँग्रेसलाई बन्धक बनाउन खोजेको आरोप पनि लगाएका छन्। उनले चेतावनी दिँदै लेखेका छन् कि यदि प्रदेश नेतृत्वले कार्यकर्ता, मतदाता र समग्र काँग्रेसको भावनाविपरीत एमालेसँग सहकार्य गर्ने दिशामा अगाडि बढे आगामी निर्वाचनमा यसको गम्भीर असर पुग्नेछ र कार्यकर्ताहरू चुप लागेर बस्ने छैनन्। “काँग्रेस जनताको भरोसा हो, यसलाई व्यक्तिगत शक्ति–लोभका कारण कमजोर पार्न दिइने छैन,” भन्दै ठाकुरले आफ्नो अभिव्यक्ति दिएकाछन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more