मतदानभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

१४ फागुन, काठमाडौं । निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ को खण्ड (झ) मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने निर्णय उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको छ ।

यसबाहके निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरू समेत गरिने जनाइएको छ ।

यी लगायतका उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आवश्यक सहजीकरण र समन्वयका लागि सम्पूर्ण सरोकारवालाहरुमा निर्वाचन आयोगले आग्रह समेत गरेको छ ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more