१५ जेठ, काठमाडौ । मठ–मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले जनक परियारलाई पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय परियारलाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार परियारलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार परियारले अनामनगरस्थित संवाद डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै “मठ–मन्दिरमा आगो लगाइदिन्छौँ” भन्ने अभिव्यक्ति दिएका थिए । उनले समान अधिकार सुनिश्चित नभए देशव्यापी विद्रोह गर्ने चेतावनीसमेत दिएका थिए ।
कार्यक्रममा परियारले दलित समुदायमाथि लामो समयदेखि विभेद हुँदै आएको तथा उनीहरूलाई नारकीय जीवन बाँच्न बाध्य बनाइएको दाबी गरेका थिए । गाउँघरमा अझै पनि दलित समुदायको अवस्था दयनीय रहेको उनको भनाइ विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो ।
प्रहरीका अनुसार परियार काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार क्षेत्रमा बसोबास गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 43 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 29 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 82 views



















